×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डेट एक्सपायर’ भएको केक बेच्ने हिमालयन कफी पसललाई महानगरको कार्वाही, १० हजार जरिवाना तिराइयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘डेट एक्सपायर’ भएको केक बेच्ने हिमालयन कफी पसललाई महानगरको कार्वाही, १० हजार जरिवाना तिराइयो !

Artha Sarokar

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बजार अनुगनमनका क्रममा काठमाडौंको हिमालयन कफी पसल कार्वाहीमा परेको छ । अनुगमनका क्रममा बत्तिसपुतलीस्थित उक्त कफी पसलामा ‘डेट एक्सपायर’ भइको वस्तु फेला परेपछि कार्वाही गरिएको हो ।

मेयर बालेन्द्र शाहको निर्देशनमा मंगलबारदेखि सुरु गरिएको बजार अनगुमनको पहिलो दिन नै कफी पसललाई कार्वाही गरिएको मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले बताएका छन् । बजगाईंका अनुसार कार्वाहीमा परेको हिमालयन कफी पसलमा उपभोग्य म्याद सकिएको केकजन्य वस्तु फेला परेको थियो ।

पसलमा भेटिएको म्याज गुज्रिएको वस्तु बरामद गरी कफी पसललाई १० हजार रुपैयाँ जरिवना गरिएको छ । योसँगै पसल सफा राख्न र गुणस्तरीय वस्तुको मात्रै बिक्री गर्न पनि महानगरले निर्देशन दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी