काठमाडौं । नेकपा एमालेका नेताहरु बोकेर जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार बिहान उडेको बुद्ध एयरको उडान नम्बर ५०१ जहाज ९ एन-एजेओमा समस्या देखिएको हो ।
जहाजमा समस्या देखिएपछि जनकपुर पुगेको जहाज पुनः फर्काएर काठमाडौं ल्याइएको छ । काठमाडौंमा सफल अवतरणपछि उक्त जहाजका यात्रुलाई पुनः अर्को जहाजबाट जनकपुर पठाउने तयारी गरिएको छ ।
सिराहमा हुने एमालेको सचिवालय बैठकमा सहभागी हुनका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायतका नेताहरु उक्त जहाजमा सवार रहेका थिए ।
जहाज जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएको भन्दै काठमाडौं फर्काइएको हो । हाल उक्त जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्