काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ९ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ७३ रुपैयाँ निर्धारण गरेको छ ।