काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रूपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको हजारौँ चिनियाँ युआनसँगै एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
१ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरिएको हो ।
एयर चाइनाको उडानबाट चीनको छेन्दु जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा पक्राउ गरिएको हो । जाँचपासका क्रममा उनको झोलाबाट अवैध रुपमा लैजाँदै गरेको हजारौँ चिनियाँ युआन फेला परेको थियो ।
पक्राउ पछि होङगलाई थप अनुसन्धान एवम् कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्