नेपाल न्युज बैंक समाचार एजेन्सीले पठाएको समाचार अर्थ सरोकारमा प्रकाशन / प्रशारण हुँदा झन्डै ४ महिना पछि तपाईंको खण्डन आयो । समाचारको आधिकारिक स्रोत हामी नभएकाले हामीले यस विषयमा नेपाल न्युज बैंकसँग पत्राचार गर्यौँ । समाचार एजेन्सीबाट आएको समाचारमा खण्डन हामीले प्रकाशन गर्नुपर्ने हो वा सम्बन्धित एजेन्सीले गर्नुपर्ने हो भन्ने विषयमा प्रेस काउन्सिल नेपालको रायसमेत लियौँ । तर प्रेस काउन्सिल नेपाल र नेपाल न्युज बैंकको कुनै राय नआएको अवस्थामा समाचारको खण्डन गर्न पाउने खण्डनकर्ताको अधिकार सुनिस्चित होस् भनेर यो खण्डन प्रकाशित गरिएको छ ।
