×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज ‘थाके बिदा’ !

PRIME CA
GLOBAL IME BANK

आज ‘थाके बिदा’ !

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले कर्मचारीलाई ‘आराम बिदा’ दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जनप्रतिनिधिहरु थकित भएको भन्दै असोज ४ गते (बिहीबार) बिदा दिएको जानकारी गराएको हो ।

संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु भएको खुसीमा तथा नवनिर्मित भवन व्यवस्थापनमा खटिँदा कर्मचारी र जनप्रतिनिधि थोकेको भन्दै नगरपालिकाले बिदा दिएको हो ।

‘विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८०/०६/०४ गतेका दिन नगरपालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थालाई बिदा गरिएको व्यहोरा जानकारी गराइन्छ ।’, नगरपालिकाको सूचनामा उल्लेख छ ।

नगरपालिकाले कर्मचारी र जनप्रतिनिधि थकित भएको भन्दै आराम बिदा दिएपछि अहिले यसको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: