काठमाडौं । कुटनीतिक मर्यादा विपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले चिनियाँ राजदूतको पुतला दहन गरेको छ ।
राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको विरोध प्रदर्शनमा ‘चिनियाँ राजदूतलाई फिर्ता गर’, ‘ऋणजाल चाहिँदैन’, ‘देश डुबाउन पाइँदैन’, ‘आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’, ‘चिनियाँ विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पूर्वेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत सम्बन्ध बिगार्ने उदेश्यले दिएको अभिव्यक्ति निन्दनीय रहेको बताएका छन् । साही क्रममा उनले चिनियाँ राजदूतलाई तत्का देश निकाला गर्न पनि माग गरेका छन् ।
त्यस्तै, उनले नेपाल–भारत जलविद्युत सम्झौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यसबाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले उक्त कुरा चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप समेत लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्