×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकहरुले गरिबलाई ऋण प्रवाह गरेका छैनन्’ : ओली

PRIME CA

‘बैंकहरुले गरिबलाई ऋण प्रवाह गरेका छैनन्’ : ओली

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेको बताएका छन् । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट परेका थिए ।

त्यस्तै, ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि ‘सिड मनी’को रुपमा ऋण प्रवाह गर्नुपर्ने बताएका थिए । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए । ‘ठूलाका लागि पनि आवश्यक छ । तर, त्यहाँ मात्रै होइन । गरिबका, जहाँ सिड मनी छैन, जहाँ व्यवसाय सुरु गर्नका लागि केही छैन, हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘त्यस्तो ठाउँमा माइक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन ।’

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: