×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विगत नौ वर्षमा भारतीय गाउँमा बनेको सडकले पृथ्वी र चन्द्रमाको दूरी पूरा गर्नसक्योः नरेन्द्र मोदी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विगत नौ वर्षमा भारतीय गाउँमा बनेको सडकले पृथ्वी र चन्द्रमाको दूरी पूरा गर्नसक्योः नरेन्द्र मोदी

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत नौ वर्षको कार्यकालमा आफू सत्तामा रहँदा भारतीय गाउँहरूमा बनेका सडकहरूले पृथ्वी र चन्द्रमाको दूरी पूरा गर्न सकेको बताएका छन् ।

‘विगत ९ वर्षमा भारतले आफ्ना गाउँमा जति सडक बनाएको छ । म गाउँमा मात्रै सडकको कुरा गरिरहेको छु । जसले गर्दा पृथ्वी र चन्द्रमाको दुरी जोड्न सकिन्छ ।’, उनले भने, ‘यति धेरै गाउँका सडक ९ वर्षमा बनेका छन् । भारतले विगत ९ वर्षमा बिछ्याएको रेलमार्गको लम्बाइ २५ हजार किलोमिटरभन्दा बढी छ ।’

त्यस्तै, मोदीले आफुले भनेको सत्य धेरैलाई आंकडा मात्रै लागे पनि यो वास्तविकता भएको बताएका छन् । भारतले इटाली, दक्षिण अफ्रिका, युक्रेन, पोल्याण्ड र बेलायत जस्ता देशहरूमा रेल लाइनको नेटवर्कलाई पछाडि पार्दै पछिल्लो ९ वर्षमा धेरै रेल लाइनहरू बिछ्याएको समेत दाबी गरेका छन् । उनले भारतले आफ्नो पूर्वाधारमा जुन स्तरमा लगानी गरिरहेको र त्यो अभूतपूर्व भएकोसमेत जिकिर गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी