×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा दुईवटा परियोजना निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा दुईवटा परियोजना निर्माण

Artha Sarokar

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतका राजदूत, नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्धघाटन गरेका छन् ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवन निर्माण गरिएको थियो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा उक्त भवनको औपचारिक हस्तान्तरण गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी