×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुम्बई हमलाको विरोधमा पाकिस्तानविरुद्ध प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुम्बई हमलाको विरोधमा पाकिस्तानविरुद्ध प्रदर्शन

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । २६/११ मुम्बई हमलाको १५औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनकर्ताहरूलाई सन्क्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिए । उनले पाकिस्तानसँग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान गरे ।

यादवले २६/११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताए । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए ।

राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तानविरुद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताएका छन्। यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने समेत आव्हान गरिएको छ ।

उक्त प्रदर्शनमा सहभागीहरुले आतंकवाद र मानवअधिकार उल्लङ्घनका विरुद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी