×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलन मस्कले खरिद गरेपछि एक्सको मूल्य ५५ प्रतिशतले घट्यो

PRIME CA

एलन मस्कले खरिद गरेपछि एक्सको मूल्य ५५ प्रतिशतले घट्यो

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटर (हाल एक्स)को बजार मूल्यमा ५५ प्रतिशतको गिरावट आएको छ । गतवर्ष अक्टोबरमा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटरको बजार मूल्य एक वर्षमै ५५ प्रतिशतले घटेर १९ अर्ब डलरमा पुगेको हो ।

तर, एक्सका सिईओ एलन मस्कले भने हाल को मूल्यमा भारी गिरावट आए पनि भविष्यमा यसले बजारमा राम्रो प्रभाव पार्ने दाबी गरेका छन् ।

यसो त मस्कले ट्वीटर (हाल एक्स) खरिद गर्नु अघि नै आफूले वास्तविक मूल्यभन्दा बढी मूल्य तिर्न लागेको स्वीकारेका थिए । माइक्रोब्लगिङ साइटका रुपमा परिचित ट्वीटर खरिद गरेपछि मस्कले यसमा थुप्रै परिवर्तनहरु गरेका छन् ।

मस्कले खरिद गरेपछि पछिल्लो एक वर्षमा एक्सको बजार मूल्यसँगै आम्दानी पनि घटेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो एक वर्षमा एक्सको आम्दानी पनि ६० प्रतिशतले घटेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: