×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्धारा भूकम्प पीडितलाई तेस्रो चरणको राहत सामाग्री हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतद्धारा भूकम्प पीडितलाई तेस्रो चरणको राहत सामाग्री हस्तान्तरण

Artha Sarokar

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रतिवद्धता अनुसार भारतले भारतीय वायुसेनाको सी–१३० विमानमार्फत १२ टनभन्दा बढीको राहत सामाग्री नेपाल पठाएको हो ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।

विनाशकारी भूकम्पले पारेको प्रभाव न्यूनिकरणका लागि सहयोग हस्तान्तरण गर्दै भारतले आगामी दिनमा पनि आवश्यकता अनुसार जुनसुकै सहयोग गर्न तयार रहेको भारतले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी