काठमाडौँ । भारतबाट भूकम्प प्रभावितहरुको उद्धार तथा राहतका लागि चौथो चरणको राहत सामाग्री नेपाल आइपुगेको छ । नेपाल आएको अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथोचरणको भूकम्प राहत सामग्री भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
नेपाल चिकित्सक संघको माग अनुरुप भारतले अत्यावश्यक चिकित्सा सामाग्रीसहितको राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ ।
भारतीय दूतावासका अनुसार चौथो चरणको राहत सामाग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्