×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युतको प्रि-ओपन सेसनमा पहिलो कारोबार सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युतको प्रि-ओपन सेसनमा पहिलो कारोबार सुरु

Artha Sarokar

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्रि-ओपन सेसनमा पहिलो कारोबार सुरु भएको छ । कम्पनीको पहिलो कारोबार प्रति सेयर २८८.४० रुपैयाँमा भएको हो ।

कम्पनीको सेयर कारोबार एमएमकेजेएल स्टक संकेतमा  सुरु भएको छ । कम्पनीको १ करोड कित्ता सेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा  सूचीकृत भएको थियो ।

तिहार अघि नै सूचीकृत भएता पनि छठ पछिको पहिलो कारोबारका दिन स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएको हो । यस्तै पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

अब नियमित बजारमा कम्पनीको सेयर कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी