काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्रि-ओपन सेसनमा पहिलो कारोबार सुरु भएको छ । कम्पनीको पहिलो कारोबार प्रति सेयर २८८.४० रुपैयाँमा भएको हो ।
कम्पनीको सेयर कारोबार एमएमकेजेएल स्टक संकेतमा सुरु भएको छ । कम्पनीको १ करोड कित्ता सेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।
तिहार अघि नै सूचीकृत भएता पनि छठ पछिको पहिलो कारोबारका दिन स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएको हो । यस्तै पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।
अब नियमित बजारमा कम्पनीको सेयर कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्