काठमाडौँ । भारत–नेपाल संयुक्त सैन्य अभ्यास शुक्रबारबाट भारतको पिथौरागढमा सुरु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संयुक्त सैन्य अभ्यासमा भारत तथा नेपालका बटालियनस्तरीय सैन्य जवानहरूले भाग लिइरहेका छन् ।
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो ।
यही मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने बताइएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्