काठमाडौँ । चीनतर्फको उत्तरी नाकाबाट अवैध रुपमा ‘लाइटर’ तस्करी गरिएको पाइएको छ । चीनको तातोपानी नाका हुँदै भारतमा प्रतिबन्धित लाइटर तस्करी गरि चोरबाटो हुँदै भारत सप्लाई गर्ने गरेको पाइएको हो । लाइटरको उक्त तस्करीमा नेपालका ठूला उद्योगीहरुको संलग्नता रहेको समेत खुलासा भएको छ ।
स्रोतका अनुसार उक्त तस्करीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसहितका ठूला व्यवसायीहरुको संलग्नता देखिएको छ ।
उनीहरुले भारतमा प्रतिबन्धित २० रुपैयाँ (भारतीय) भन्दा कम मूल्यका लाइटर चीनबाट तस्करी गरी ल्याउँदै आएका थिए । त्यसरी अवैध रुपमा ल्याइएका लाइटर चोर बाटोको प्रयोग गरी भारतका विभिन्न शहरमा पठाउने गरेको पनि पाइएको छ । स्रोतका अनुसार उनीहरुले हालसम्म १४ करोड मूल्य बराबरका लाइटर तस्करी गरिसकेका छन् ।
अवैध रुपमा चीनतर्फका नाकाबाट लाइटर आयात गरेर तेस्रो मुलुकमा तस्करी गर्ने गरेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएको छ । लाइटरको तस्करीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसहित अन्य ठूला उद्योगीहरु पनि अनुसन्धानको दायरामा तानिएको विभाग स्रोतले पुष्टि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्