×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर नेपालमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर नेपालमा

Artha Sarokar

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका छन् । उनी भारतीय विशेष विमानमार्फत बिहीबार बिहान नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरे ।

संयुक्त आयोगको बैठक यही पुस १९/२० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री डा. जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले उनी र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्ने भएका छन् । विदेशमन्त्री डा. जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नेछन् । विदेशमन्त्री डा जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कने छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी