×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

Artha Sarokar

१२ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौँस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे ।

सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरेका थिए । त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । भारतीय राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि, भारतको अध्यक्षतामा सम्पन्न जी-२० शिखर सम्मेलन र चन्द्रयान-३ मिसनबारे चर्चा गरे ।

सोही अवसरमा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे । सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरे ।

कार्यक्रममा दूतावासले ३० वटा संस्थालाई रु १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी