Skip to content
LAXMI SUNRISE BANK

खेलकुदमन्त्री लिम्बु र भारतीय समकक्षी ठाकुरबीच भेटवार्ता

अर्थ सरोकार

काठमाडौँ । नेपालका युवा तथा खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ ।

फेब्रुअरी ७ देखि ९ सम्म सम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच भेटवार्ता भएको हो । भेटमा दुवै राष्ट्रको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरबारे छलफल भएको भारत सरकारको सूचना तथा प्रसारण तथा युवा मामिला तथा खेलकुद मन्त्री समेत रहेका ठाकुरले सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै बताएका छन् ।

उनले भेटवार्तामा क्षेत्रीय एकता र सहयोगलाई प्रवर्द्धन सुदृढ गर्न दुवै राष्ट्रको युवा शक्तिको शक्तिको सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरहरू खोज्नेबारे पनि छलफल भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK