काठमाडौँ । भारतको उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल र नेपालका सांसदहरुबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा सांसद तथा समितिका सदस्यहरुले राज्यपाल पटेलसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा दुई देशबीचको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन प्रवर्द्र्धनका विषयमा छलफल भएको बताइएको छ । साथै राज्यपाल पटेल र सांसदहरुबीच राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा पनि कुराकानी भएको समितिका एक सदस्यले बताएका छन् ।
त्यस्तै, भेटमा राज्यपाल पटेलले उत्तर प्रदेशका विश्वविद्यालयसँग नेपालको विश्वविद्यालयबीच भएको सम्झौताबारे पनि स्मरण गराएकी थिइन् । योसँगै दुई देशको विश्वविद्यालयबीच भएको सम्झौता अनुसार शैक्षणिक आदानप्रदान, भाषा सिकाइ तथा विद्यार्थीको शैक्षिक भ्रमणलाई विस्तार गर्न पनि राज्यपाल पटेलले आग्रह गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्