काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
लघुवित्तको फागुन २८ गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा भने २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।