काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न तत्कालीन सरकारमाथ नभएर अहिलेको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत सामेल भएको देखिन्छ । २०७६ सालमा भ्रष्टाचार भएको आरोप लागेर यसको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पु्ग्दासमेत अनुसन्धान टुंगोमा नपुगेको कारण सरकार र अनुसन्धान गर्ने निकायले नै संरक्षण गरिरहेको पुष्टि हुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले भने बास्कोटाको अडियो प्रकरणबारे अनुसन्धान सुरु भइरहेको बताएको पनि तीन वर्ष पूरा भइसकेको छ । उनीमाथि २०७६ फागन ११ फागुनमा अख्तियार दुरुपयोग आयोगमा उजुरी परेको थियो। तर, हालसम्म उक्त उजुरीमाथि भइरहेको अनुसन्धानबारे कुनै कुरा खुलाइएको छैन ।
यसअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यसको अनुसन्धान अघि बढाउनुपर्ने बताए पनि अख्तियारले भने फाइल लुकाएर बसेको छ। अहिलेको बनेको नयाँ समीकरणसहितको बलियो सरकारले यी फाइलहरु खुलाउने हिम्मत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
बास्कोटाले पदबाट राजीनामा दिएकै दिन सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अख्तियारले छापा मार्दै महत्वपूर्ण दस्तावेजहरु हात पारेको र उक्त दस्तावेजहरु लुकाएकोसमेत आरोप लाग्ने गरेको छ । त्यसैगरी टेरामेक्स प्रकरणमासमेत जोडिएका बास्कोटालाई कुनै सोधपुछ गरिएको छैन। तर, उनीअघि र पछिका सञ्चारमन्त्रीहरुलाई भने अख्तियारले बोलाएर बयान लिइसकेको छ । यसको अनुसन्धान कहाँ पुग्यो र सरकारले कहिलेसम्म जनतालाई जवाफ दिन्छ भन्ने कुरा जनताले कुरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्