×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रम आयोजना

PRIME CA

होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रम आयोजना

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार

काठमाडौँ । नेपाल र भारतको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरेका छन् । भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौँ पुरानो साँस्कृतिक सम्बन्धबारे उल्लेख गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा श्रितकमला, सखी हे, दशावतार र वसन्त बहारः वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत देखाइएको थियो ।

त्यस्तै, लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरेका थिए । उनलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए । बाराही घाट लेकसाइड पोखरामा आयोजित उक्त कार्यक्रममा ५ सय भन्दा बढी मानिसको उपस्थिति रहेको भारतीय राजदूतावासले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: