काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अहिले करोडौंको सम्पत्ति छ । २०४४ सालताका भूमिगत राजनीति सुरु गरेका पोखरेल २०४८ मा बहुदलपछि पार्टीको शीर्ष तहमा बसेर काम गरिरहेका छन् । उनले यो करोडौंको सम्पत्ति आर्जन गर्ने माध्यम भने सत्ता र शक्ति नै हो ।
यसअघि उपप्रधान तथा रक्षामन्त्री रहेको समयमा नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा ठूलो लेनदेनसहित यति समूहलाई सुम्पिने निर्णय गरे। नेपाल ट्रस्टले भाडामा लगाएको सम्पत्तिमध्ये झन्डै ९० प्रतिशत यति होल्डिङ्सले नै लिएको पाइएको छ । ट्रस्टले २०६४ देखि हालसम्म ३ हजार रोपनी जग्गा भाडामा लगाएको छ।यसमध्ये २ हजार ७ सय ९९ रोपनी जग्गा यति होल्डिङ्स र यतिकै सञ्चालकले सञ्चालन गरेको थामसेर्कु ट्रेकिङ प्रालिले पाएको छ ।
यति समूहले गोकर्ण फरेस्ट रिसोर्टका लागि २ हजार ७ सय ९२, ताहाचलको ५ र दरबारमार्गको झन्डै २ रोपनी जग्गा वार्षिक ३६ करोड ८० लाख रुपैयाँ भाडा बुझाउने गरी ट्रस्टबाट लिएको हो ।
जग्गा र भवन गरी सरकारले देशभर १२ जिल्लामा रहेको ट्रस्टको सम्पत्तिमध्ये काठमाडौं र धनकुटाको मात्रै सम्पत्ति भाडामा दिएको छ, जसमा अधिक लाभ यति समूहले लिएको हो । यति समूहलाई गोकर्ण फरेस्ट रिसोर्टको म्याद थपको विषयमा सत्तारूढ दल तथा अन्य क्षेत्रबाट विरोध भए पनि तत्कालीन उपप्रधानमन्त्री पोखरेलले सम्झौता गराएका थिए ।
यति समूहसँगको निकटताका आधारमा समय अवधि नसकिँदै गोकर्ण रिसोर्टको लिज अवधि बढाउन सरकारले निर्णय गरेको भनी सर्वत्र विरोध भइरहेका बेला अर्को सम्झौता भएको थियो ।
ट्रस्टको अध्यक्षसमेत रहँदा तत्कालीन रक्षामन्त्री पोखरेल नेपाल ट्रस्टको जग्गा भाडामा दिने अघिल्ला सरकार र यो सरकारको निर्णय कानुनसम्मत भएको दाबी गरेका थिए । तर, पछि लेखा समितिले यसमा अनियमितता भएको ठहर गरेको भए पनि कुनै कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन । निकटता र अवैध बाटोबाट पैसाको प्रभावमा परी राज्यलाई वार्षिक अर्बौंको नोक्सान हुने गरी सम्झौता गराउने तत्कालीन रक्षामन्त्री पोखरेलमाथिको कारबाही प्रक्रिया सरकारले कहिलेदेखि सुरु गर्छ भन्ने प्रश्न उब्जिएको छ ।
सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलमाथिको अनुसन्धान सुरु गर्न मुहुर्त कुरिरहेका हुन् ? कि आफ्नो फाइल लुकाउन बार्गेनिङ गरिरहेका हुन् भन्ने आम प्रश्न उठेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्