×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

Artha Sarokar

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय सुदिप बि.क र गोर्खा जिल्ला चुमनुब्री गाउँपालिका वडा नं. ६ का ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८.७ ग्राम) बरामद गरेको छ ।

पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन अन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर ,काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी