Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय सुदिप बि.क र गोर्खा जिल्ला चुमनुब्री गाउँपालिका वडा नं. ६ का ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८.७ ग्राम) बरामद गरेको छ ।

पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन अन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर ,काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK