×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA

११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१० बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज  ११ सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३७ हजार ५ सय ५०  रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १७०५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १८ हजार ४ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ९ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४६२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: