×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपपर्स फाइनान्सको दुई लाख ५० हजार ९ सय ७१ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

PRIME CA

मल्टीपपर्स फाइनान्सको दुई लाख ५० हजार ९ सय ७१ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

१० बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मल्टीपपर्स फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले युनाईटेड अजोड इन्स्योरेन्सको नाममा रहेको दुई लाख ५० हजार ९ सय ७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका संथापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । आवेदन आगामी ३५ दिन भित्र कम्पनीको कर्पोरेट कार्यलय, जनकपुरधाममा पेश गर्नुपर्नेछ । सेयर खरदि गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । साथै, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्ताका लागि सेयर बिक्री खुला हुने जनाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: