×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरको ५ दिने नेपाल भ्रमण

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार

PRIME CA

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरको ५ दिने नेपाल भ्रमण

काठमाडौँ । लप्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा शर्मा र सिंहबीच भेटवार्ता भएको हो । वार्तामा दुवैबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

औपचारिक नेपाल भ्रमणका लागि गत चैत २६ गते नेपाल आएका नायरले भ्रमणका क्रममा भारतीय राजदूत नविन श्रीवास्तावसँग पनि भेट गरेका छन् ।

त्यस्तै, भ्रमणका क्रममा नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय पोखरा, पेन्सन भुक्तानी कार्यालय धरानमा पनि पुगेका थिए । साथै उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत र्यालीलाई सम्बोधन गरेको भारतीय राजदूतावासले जनाएको छ ।

भ्रमणकै क्रममा नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदरसमेत गरेका छन् । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: