×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्वारा सङ्खुवासभामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतद्वारा सङ्खुवासभामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

Artha Sarokar

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संखुवासभामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्या गरिएको छ । नेपाल-भारत सहकार्य अन्तर्गत भारत सरकारको ४.०२९ करोड रुपैयाँ आर्थिक सहयोगमा चिचिला गाउँपालिका-३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको हो ।

भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अनिवानश कुमार सिंह र गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । भारतीय राजदूतावासका अनुसार ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

परियोजना शिलान्यास कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् । उक्त परियोजना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै सिकाईका लागि राम्रो वातावरण सिर्जना गर्ने र उक्त क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने विश्वास गरिएको छ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा रहेको भारतीय राजदूतावासले जनाएको छ ।

त्यस्तै, भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी