×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालक योग्यताको लफडा : सर्वोच्चमा पेशी आज, इजलाश नम्बर ५ मा सुनुवाई

PRIME CA
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालक योग्यताको लफडा : सर्वोच्चमा पेशी आज, इजलाश नम्बर ५ मा सुनुवाई

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेशी आज तोकिएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त रिटको पेशी आजका लागि तोकेको थियो । मुद्धाको पेशी इजलाश नम्बर ५ अन्तर्गत न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलाशमा परेको छ ।

प्राध्यापक डा.ताराप्रसाद सापकोटाले हालेको रिटमा यसअघि न्यायाधीश महेश शर्मा पौडेलको एक इजलाशले बैंकका नाममा कारण देखाउ आदेश जारी गर्दै बैंकको चुनाव प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चमा दायर गरिएको उक्त रिटमाथिको पेशी स्थगित नभए आज बैंकका सञ्चालकको योग्यताका विषयमा अदालतमा छलफल हुनेछ ।

छलफलपछि सर्वोच्च अदालतले गर्ने फैसलाका आधारमा बैंकको सञ्चालक समितिको चुनाव कहिले हुने भन्ने निक्र्योल हुनेछ ।

डा.सापकोटाले दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेडको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की÷रवि महर्जनलाई विपक्षी बनाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: