×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आचार्य समाजका ६ वटा केन्द्रीय समिति भए एकीकृत, अध्यक्षमा बाबुराम सर्वसम्मत चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आचार्य समाजका ६ वटा केन्द्रीय समिति भए एकीकृत, अध्यक्षमा बाबुराम सर्वसम्मत चयन

Artha Sarokar

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । देशभर रहेका कौडिन्य गोत्रीय आचार्य एकीकृत भएका छन् । शनिबार बसेको आचार्य बन्धु समाज नेपाल, अध्यक्ष, बाबुराम आचार्य, काठमाडौं, कौडिन्य गोत्रीय आचार्य समाज, अध्यक्ष, नारायण प्रसाद आचार्य, सुनसरी, आचार्य सेवा समाज कौगो, अध्यक्ष, बलराम आचार्य, कास्की, आचार्य बन्धु सेवा समाज, अध्यक्ष, ज्यो। दिनेश आचार्य, झापा, आचार्य कल्याण समाज, मोरङ, अध्यक्ष, पदम प्रसाद आचार्य, बिराटनगर, आचार्य बन्धु सर्बब्यापी समाज, अध्यक्ष, हिरालाल आचार्य, काभ्रे गरी ६ वटा समाजहरुको काठमाडौंमा बसेको अध्यक्ष, महासचिवलगायतका महत्वपूर्ण विभिन्न जिल्लामा छरिएर रहेका कौडिन्य गोत्रीय आचार्यहरुलाई समेटेर बंशावली निर्माण गर्नेलगायतका कार्य गर्ने उद्धेश्य राखी विभिन्न जिल्लामा आचार्य बन्धुहरुको समाजलाई एकीकृत गरी अगाडी बढाउने निर्णय भएको छ ।

भेलामा आचार्य सेवा समाज (कौगो) नेपाल कास्कीका निबर्तमान अध्यक्ष टेकनाथ आचार्य, कोषाध्यक्ष बसन्तराज आचार्य, संस्थापक महासचिव नारायण आचार्य, आचार्य बन्धु समाज नेपालमा उपाध्यक्ष विरभद्र आचार्य, आचार्य बन्धु समाज नेपालका महासचिव शुभनराज आचार्य, क्यालेण्डर प्रकाशन समितिका सदस्य माधव प्रसाद आचार्य, आचार्य बन्धु समाज नेपालका बागमती प्रदेश अध्यक्ष जयराज आचार्य, आचार्य कन्धु समाज नेपाल कर्णाली प्रदेश अध्यक्ष गोरख आचार्य, कौडिन्य गोत्रीय आचार्य समाजका महासचिव मातृका प्रसाद आचार्य, कौडिन्य गोत्रीय आचार्य समाजका पूर्व कोषाध्यक्ष तुलसी आचार्य, आचार्य बन्धु सेवा समाजका सल्लाहकार गजेन्द्र आचार्य, आचार्य बन्धु सेवा समाजका कार्यसमिति सदस्य रोहीत आचार्य, आचार्य कल्याण समाजका अध्यक्ष पदम प्रसाद आचार्य, आचार्य कल्याण समाजका उपाध्यक्ष जयधर्म आचार्य, आचार्य बन्धु समाज नेपालका पूर्व केन्द्रीय सदस्य शम्भूराज आचार्य, वंशावली संकलक धर्मराज आचार्यलगायतका जिम्मेवारीप्राप्त आचार्यहरुको उपस्थितिमा समाज एकीकृत गरिएको हो ।

समाज एकीकृत गरेपछि सबै समाजकोलागि पायक पर्नेगरि देशको राजधानी काठमाडौंमा नै केन्द्रीय कार्यालय राख्नेसमेत निर्णय भएको छ । नयाँ समाजको नाम भने नयाँ बनेको तदर्थ केन्द्रीय समितिले आएका नामहरुमा छलफल गरी टुंग्याउने निर्णय भएको छ ।

समाजको तर्दर्थ रुपको केन्द्रीय कार्यसमितको संयोजकमा बाबुराम आचार्य सर्बसम्मत चयन भएका छन् भने नारायण प्रसाद आचार्य, बलराम आचार्य, पदम प्रसाद आचार्य, ज्यो.पं.दिनेश आचार्य, हिरालाल आचार्य सदस्य चुनिएका छन् । यसैगरी सदस्यसचिवमा अधिवक्ता शम्भूराज आचार्यलाई चयन गरिएको छ ।

त्यस्तै, नयाँ बनेको तदर्थ कार्यसमितिको पहिलो बैठकले अधिवक्ता एवम् आचार्य बन्धु समाज नेपालका पुर्व उपाध्यक्ष मोनलाल आचार्यको संयोजकत्वमा अधिवक्ता नारायन आचार्य र रोहीत आचार्य सदस्य रहेको बिधान मस्यौदा समितिसमेत निर्माण गरेको छ । बंशावली संकलक संयोजकका रुपमा धर्मराज आचार्यलाई चयनसमेत गरेको छ ।
सबकै समाजका अध्यक्ष महासचिवलगायतका प्रतिनिधिहरु आजकै बैठकका लागि जिल्ला जिल्लाबाट आएका र बैठक सफल भएकोमा खुशी लोगेको कौडिन्य गोत्रीय आचार्य समाज इटहरीका महासचिव मातृका प्रसाद आचार्यले बताए ।

नविनिर्बाचित अध्यक्ष बाबुराम आचार्यले सहमती भएपनि अन्तिम कानूनी रुप दिन बाँकी रहेको हुँदा सबै समाजका अध्यक्षहरु रहेको समिति बनाईएको र उक्त समितिका सदस्यहरुसँग गहन छलफल गरेर अगाडी बढीने र १० बर्षदेखी थालिएको कार्य सम्पन्न भएकोमा खुशी लागेको जानकारी दिए । ब्राम्हणमा आचार्यहरु आफुलाई सबैभन्दा बढी संख्या भएको थर भएको दाबी गर्ने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी