काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको दाबी गरेकी छिन् । उनले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् ।
राणाले उक्त जग्गा २०५३ सालमा किनेको भए पनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताएकी छिन् ।
त्यस्तै, टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि सांसद राणाले आग्रह गरेकी छिन् । साथै सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने राणाको भनाई छ ।
योसँगै राणाले नेपाली कांग्रेसले जहिलेपनि जनताको बचाउ गर्दै आएको र आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताएकी छिन् ।