×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री वर्षमान पुनको बाचा- ‘सहकारी पीडितलाई ५ लाखसम्मको बचत तत्काल फिर्ता गराउँछौँ’

LAXMI SUNRISE BANK
GLOBAL

अर्थमन्त्री वर्षमान पुनको बाचा- ‘सहकारी पीडितलाई ५ लाखसम्मको बचत तत्काल फिर्ता गराउँछौँ’

१६ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सहकारीका पीडितलाई तत्काल ५ लाखसम्मको बचत फिर्ता गराउने बाचा गरेका छन् ।

बुधबार पोष्ट बजेट अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बाचा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई पीडितहरुको ५ लाखसम्मको बचत फिर्ता गराइने बताएका छन् ।

सरकारको यो पहलले समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानतर्फ उन्मुख हुनेमा अर्थमन्त्री पुनले विश्वास व्यक्त गरेका छन् । 

साथै, अर्थमन्त्री पुनले सहकारी पीडितहरुलाई चिन्तित नहुन भन्दै रकम हिनामिना भएका सहकारीमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने र पीडितहरुको रकम फिर्ता गरिने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी