काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नदिए गेम बहिष्कार गर्नुपर्ने नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्यले बताएका छन्। आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।
आचार्य बन्धु समाजका अध्यक्ष समेत रहेका आचार्यले अमेरिकाले सन्दिपलाई हेप्नु भनेको सबै नेपालीलाई हेप्नु हो भन्दै अमेरिकाको यो कदमलाई हेपाहा प्रवृत्ति र कुटनैतिक मर्यादा विपरीतको कार्यको संज्ञा दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन् :
अमेरिकाले सन्दीप लामिछानेको भिजा दिएन भने नेपालले गेम नै बहिस्कार गर्नुपर्छ,यो भिजा काण्ड भनेको सन्दीपको insult मात्र भएर कृकेट खेलाडी, सबै नेपाली खेलाडीमात्र नभएर Insult of All Nepali हो !नेपाल सरकारले समेत अनुरोध गरिसकेको छ ! सरकारले नै अनुरोध गर्दा पनि भिजा नदिनु, अझ लाजमर्दो, हेपाहा प्रवृत्ति र कुटनैतिक मर्यादा विपरित हो, नेपाल सरकारले कडा रुपमा कुटनीतिक विरोध गर्नसमेत अति जरुरी छ ! कम्युनिष्ट र नयाँ दलको सरकार एकरति पनि नडराओस्, हामी जनता राष्ट्रियताको सवालमा सरकार जस्को भएनि साथमा नै हुनेछौं !नेपाल ईतिहास देखि नै एउटा स्वायत्त, स्वतन्त्र, अबिभाज्य र अटल देश हो, हामी विश्वभर बस्ने नेपालीको अपमान गरेकाले यो बिषयलाई एउटा व्यक्तिको भिजाको रुपमा मात्र नलिई नेपाल सरकारले कुटनीतिक अश्त्र प्रयोग गरेर अमेरिकालाई नेपालको अस्तित्व देखाउन जरूरी देखिन्छ! अमेरिकालाई भिजा नदिएकोमा विश्वसामु लज्जित बनाउन जरुरी छ ! यसको विश्वभर बस्ने नेपालीले विरोध गरौँ! जय नेपाल!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्