×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेटले होटलमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ’- अध्यक्ष साह

GLOBAL IME BANK

‘बजेटले होटलमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ’- अध्यक्ष साह

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् । साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारले पर्यटन प्रवर्द्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताए । लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको साहको भनाई छ । 

अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बने पनि सञ्चालनमा आउन नसकेको उल्लेख गरेका छन् । सरकारबाट पर्यटन व्यवसायीहरुले बजेटमा पर्यटन प्रवर्द्धनकारी नीतिको अपेक्षा गरेको पनि साहले बताएका छन् । उनले सरकारले पर्यटन प्रवर्द्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै, पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको र बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई सरकारले सहजिकरण गर्नुपर्ने सुझाव दिएका छन् । उनले बजेटले पर्यटक दशक भनेर घोषणा गरे पनि काम गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका छन् । त्यस्तै अध्यक्ष साहले सरकारले कृषि, रोजगारी, आइटी र पर्यटनमा समेत दशक घोषणा गर्ने काम मात्रै गरेको भन्दै आगामी बजेट विगतको भन्दा फरक बजेट ल्याउन सुझाव दिएका छन् । 

साथै सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन नीतिहरुलाई पुनः संरचना गर्न आवश्यक रहेको उनको भनाई छ । ‘सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनमा अहिलेको जुन गति छ । त्यसमा भएका कामकारबाही र नीतिहरुलाई पुनः संरचना गर्ने भनिएको छ । पर्यटन व्यवसायीहरुले खोजेको कुरा पनि यही हो ।’, उनले भने, ‘२०३५ सालको पर्यटन ऐनमार्फत हामी चलिरहेका छौँ । पर्यटन अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नुपर्छ । नेपालमा पर्यटक आउनुपर्ने कारण र नीति योजनाहरुलाई समाउन सक्नुपर्नेछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: