काठमाडौँ । तालिम अन्तर्गत सशस्त्र प्रहरी बलका प्रशिक्षार्थी अधिकृतहरूले कुस्मामा बन्जी गरेका छन् । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी अधिकृतहरूले कुस्मामा रहेको ‘द क्लिफ’ मा बन्जी गरेका हुन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ ४५ जना प्रशिक्षार्थी अधिकृतहरूको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बन्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै, विगतमा पनि अधिकृत स्तरका प्रशिक्षार्थीहरूलाई साहसिक प्याकेज दिने गरिएकोमा यसपटक बञ्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उनको भनाइ छ ।
क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताएका छन् । अध्यक्ष कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्नेगरी बनाइएको ‘द क्लिफ’ मा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।
पछिल्लो समय एडभेन्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । यसअघि नेपाल प्रहरीका विभिन्न तालिम अन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्