Skip to content
LAXMI SUNRISE BANK

आइतबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १७२५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १८ हजार ६ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १८ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४७९ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK