×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

Artha Sarokar

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२०० रुपैयाँले घटेर एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १२०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १८८५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २० हजार ५ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १९ हजार ९ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६१६ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी