काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले घटेर एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २० हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १९ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२९ रुपैयाँ कायम गरेको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।