×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी प्रकरणः कार्यदलको बैठक निष्कर्षविहीन !

GLOBAL IME BANK

सहकारी प्रकरणः कार्यदलको बैठक निष्कर्षविहीन !

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रवार सिंहदरबारमा बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । 

उनले नेपाली काँग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कांग्रेस पछि हटेको र कांग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषय तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बताएका छन् । त्यसबारेमा गृहमन्त्रीसँग छलफल गर्न भने बाँकी रहेको बर्तौलाले बताए ।

उनले उपप्रधानमन्त्री लामिछानेले ऋण लिएको भनिएको सहकारीको नाम किटान गरेर अघि बढ्ने कुरामा सकारात्मक वार्ता भएको उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: