काठमाडौं । मोरू डिजिटल वालेट (पे नेप प्रा लि) को अध्यक्षमा बिनिल के.सी चयन भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी आफ्नो पदभार सम्हालेका हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका के.सी सँग उत्पादन तथा व्यापारको क्षेत्रमा १८ वर्षभन्दा बढिको नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ । मोरू डिजिटल वालेटको संचालक समिति सदस्यका रुपमा विगत तीन वर्षदेखि कार्यरत के.सी. तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष समेत हुन् ।
ग्राहक सन्तुष्टि र नवीनतम प्राविधिको प्रयोग गर्ने मोरू डिजिटल वालेटका प्रतिवद्धताहरूमा उनको नेतृत्वले थप उर्जा दिनेछ ।