काठमाडौँ । १३ लाख नक्कली नोटसहित बाराबाट चार जना पक्राउ परेका छन् ।
१३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय बाराले चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोल्हवी नगरका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, रौतहटका १९ वर्षीय मोहनबहादुर साह र विहार मोतिहारीका ४० वर्षीय महमद आलम रहेका छन् । उनीहरुलाई सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट कुल १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोट र भारतीय नम्बर प्लेट बिआर ०६ए डब्ल्यु २७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद गरिएको नक्कली नोटः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्