Skip to content
LAXMI SUNRISE BANK

लाइसेन्स नविकरण नगर्ने एनसेललाई साढे २ अर्ब जरिवाना !

अर्थ सरोकार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई २ अर्ब रुपैयाँ जरिवाना लगाएको छ । इजाजतपत्र (लाइसेन्स) नविकरण नगरेपछि प्राधिकरणले एनसेललाई साढे २ अर्ब रुपैयाँ जरिवाना लगाएको हो ।

अनमुतिपत्र नविकरणबापत सरकारलाई तिर्नुपर्ने २० अर्ब रुपैयाँ नतिरेपछि एनसेललाई जरिवाना लगाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एनसेलले जेठ १४ गते (सोमबार) लाइसेन्स नविकरणका लागि ४ अर्ब रुपैयाँ तिरेर बाँकी १६ अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न पाउनुपर्ने सुविधा माग गरेको थियो ।

तर, एनसेलले माग गरेको जस्तो सुविधा दिन नसकिने भन्दै प्राधिकरणले सबै शुल्क तिर्न भने पनि एनसेलले नतिरेपछि जरिवाना लगाइएको प्राधिकरणले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK