काठमाडौँ । नेपाल टेलिकमको नाफा ३ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३.३६ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले कुल ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.८२ प्रतिशतले घटेर २५ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ ।
त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ८.९० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.०३ प्रतिशतले घटेको छ भने कम्पनीको वित्तीय खर्च ६६.८२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा कम्पनीका यस्तो आम्दानी १ रुपैयाँ ३५ पैसाले बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्