×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुन्डिको सात लाख रुपैयाँसहित एक युवक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हुन्डिको सात लाख रुपैयाँसहित एक युवक पक्राउ

Artha Sarokar

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महोत्तरीमा हुन्डिको सात लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेका छन् ।

भारतबाट प्र.२-०२-००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्यूँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेको राइनलाई मटिहानी –७ स्थित पुल नजिकै खटिएको प्रहरीले शङ्का लागेर जाँच गर्दा उनको झोलाबाट स्रोत नखुलेको रु ६ लाख ६८ हजार पाँच सय बरामद गरेको हो ।

प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी