×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय बिशाल हमाल, ३१ वर्षीय प्रशान्त पण्डित र ४५ वर्षीय शैलेश कुमार झा रहेका छन्।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार बिशाल हमालले दुई जना व्यक्तिलाई अमेरिका पठाईदिने भन्दै १६ लाख ७० हजार ठगी गरेका थिए ।

त्यस्तै, प्रशान्त पण्डितले अष्ट्रेलिया पठाईदिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेका थिए भने शैलेश कुमार झाले युके पठाईदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी