काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको निर्देशनमा मन्दिरको भेटी चोरी भएको पाइएको छ । चोरीमा संलग्न कर्मचारीले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिरको भेटी चोर्न लगाएको बयान दिएका छन् ।
सुवेदीको निर्देशनमा आफूहरुले भेटी चोर्ने गरेको र उनैलाई बुझाएको ती कर्मचारीले बताएका छन् ।
मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा सोमबार भेटी चोरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका आठ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन् ।
पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र ज्याकेटमा लुकाएर ल्याउन लगाएको बयान दिएका छन् । सुबेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लिने गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।
पशुपतिनाथ मन्दिरमा दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्