काठमाडौँ । मधेश प्रदेशका चार जिल्लाबाट ४ सय ७२ सहकारी गायब भएका छन् । बारा, पर्सा, रौतहट र सर्लाहीबाट ४ सय ७२ सहकारी गायब भएका हुन् ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सम्पर्कविहीन सहकारीको नाममा ३५ दिने सूचना निकालेपछि ४ जिल्लाबाट ४ सय ७२ सहकारी सम्पर्कविहीन भएको खुलासा भएको छ ।
मन्त्रालयका अनुसार सम्पर्कविहीन हुनेमा बारा जिल्लाका १ सय १२, पर्साका ८५, सर्लाहीका १ सय ९२ र रौतहटका ८३ सहकारी रहेका छन् । सम्पर्कविहीन सहकारी संस्थालाई मन्त्रालयले सोही सूचनामार्फत ३५ दिन सम्पर्कमा आउन भनेको छ ।
मन्त्रालयको तोकेको समयभित्र सम्पर्कमा नआए प्रदेश सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम कारबाही गर्नेसमेत चेतावनी दिएको छ । यस्तो छ मन्त्रालयले जारी गरेको सूचनाः
Madesh-Pradesh-coop
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्