×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भिसा दे’ भन्दै सन्दीपको पक्षमा प्रदर्शन… (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

‘भिसा दे’ भन्दै सन्दीपको पक्षमा प्रदर्शन… (फोटो-कथा) 

१६ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई अमेरिका जान ‘भिसा दे’ भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । विश्वकप खेल्न जान अमेरिकी दूतावासले सन्दीपको भिसा अस्वीकृत गरेपछि सन्दीपका समर्थकहरुले प्रदर्शन गरेका हुन् । 

बुधबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका छन् । लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्नेसमेत उनीहरुको चेतावनी दिएका छन् ।

उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताएका छन् । 

प्रदर्शनका क्रममा सन्दीपका समर्थकहरुले ‘सन्दीपलाई भिसा दे’, ‘सन्दीपलाई विश्वकप खेल्न दे’ लगायतका नारा लगाएका थिए । सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसके पनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी